Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ चैत २०७९ । मोरङमा एसईईको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ठूलो संख्यामा नक्कली परिक्षार्थी भेटिएपछि प्रहरी र शिक्षा विकास समन्वय इकाइका अधिकारीहरुसहितको टोली परीक्षा केन्द्रमा पुगेर अनुसन्धान थालेको छ । सो परीक्षा केन्द्रमा ८ वटा विद्यालयको परीक्ष केन्द्र रहेको जनाइएको छ ।

विद्यालयका ११ वटा कोठा मध्ये ७ वटा कोठामा नक्कली परिक्षार्थी फेला परेकले केन्द्र नै सेटिङमा चलेको आशंका प्रहरीले गरेको छ ।

प्रवेशपत्रको फोटोमा शंका लागेर केरकार गर्ने क्रममा यति ठूलो संख्यामा नक्कली परीक्षार्थी फेला परेका हुन ।

यस्तै, मोरङकै केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया