Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, २२ चैत २०७९ । गौरादह नगरपालिका वडा नं.७ पुरानो ग्वालडुब्बामा निर्माण गरिएको बजरङ्गवली हनुमान मन्दिरमा श्री श्री १०८ अष्टजाम महायज्ञ संचालन गरिएको छ। बजरङ्गबली हनुमान मन्दिरमा अष्टजाम आयोजक समितिको आयोजनामा ३६ घण्टे अष्टजाम लगाइएको छ ।

संबिधान सभा सदस्य दिपक कार्कीले सोमबार एक औपचारिक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गरेपछि अष्टजाम संचालन गरिएको छ।सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्ने उदेश्यले संचालन गरिएको अष्टजाममा ञहरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे , भन्ने मुल मन्त्र ३६ घण्टा सम्म निरंतर जपिने अष्टजाम आयोजक समितिका अध्यक्ष भरवत्ती राजवंशीले जानकारी गराएकी छन। बजरङ्गबली हनुमान मन्दिरमा पहिलो पटक अष्टजाम लगाइएको छ ।अष्टजाममा मुल मन्त्र जप्न भजन कृतन मण्डलीका टोलीहरु सहभागी भएका छन।

गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्रका भजन कृतन मन्डलीका टोलिहरु सहभागी भएर मुल मन्त्र जप्ने कार्य भईरहेको मन्दिर निर्माण समितिका अध्यक्ष शिव नारायण माक्राले जानकारी गराएका छन।अष्टजाममा सुरुवाती समयमा ९ वटा कृतन मन्डलीका टोलीहरुले सहभागीता जनाएका थिए पछि २ वटा कृतन मण्डलीका टोलीहरु थपिएका छन ।अष्टजाम संचालनका लागि हनुमान मन्दिर आसपासमा राम सिता, राधा कृष्ण, शिवपार्वती, गणेश,माता बैस्नम देबि, छट देवता लगायतका मुर्तिहरु बनाएर सजाइएको आयोजकका सचिब डिल्ली राजवंशीले जानकारी गराएका छन। स्थानीय बासिन्दाहरु मिलेर प्रत्येक हप्ताको मंगलबार कृतन गरिदै आएको र मन्दिर निर्माण कार्य सम्पन्न भई सकेकाले मन्दिरमा अष्टजाम संचालन गरिएको सत्तसङका रितिक उपेन कुमार माक्राले जानकारी गराएका छन। अष्टजाममा भक्तजनहरुको उत्साह जनक सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया