Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

कास्की, २१ चैत २०७९ । पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका-१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् ।

पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले जनाएको छ । अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए ।

उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।

 

तपाईको प्रतिक्रिया