Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

तिलोत्तमा, १६ चैत २०७९ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले लाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया