Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का
गौरीगंज, १० चैत २०७९ । गौरीगंज क्षेत्रमा दुर्घटना न्युनिकरण गरि ट्राफिक व्यवस्थापन गर्न जनचेतना मुलक ट्राफिक चिन्ह अङ्कित स्टेण्ड सहितको होर्डिङ्ग बोर्ड बितरण गरिएको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. ६ को करिब १ लाख २० हजार रूपैयाँको लागतमा ट्राफिक चिन्ह अंकित सामाग्री प्रदान गरिएको वार्ड नं.६ का वडा बद्रीनारायण यादवले जानकारी गराएका छन।

गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय गौरीगंज र गौरीगंज ट्राफिक कार्यालयलाई संयुक्तरूपमा ट्राफिक सम्बन्धि जनचेतना मुलक सामाग्रीहरू हस्तान्तरण गरिएको थियो। सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष राजवंशीले गौरीगंज क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न गाउँपालिकाका तर्फबाट सदैब सहयोग रहने बताएकी थिइन।ट्राफिक चिन्ह अंकित बोर्डको सहायतामा ईलाका प्रहरी कार्यलय गौरगंजको सेवा क्षेत्र भित्र सवारी दुर्घटना न्युनिकरण गर्न सहज हुने कार्यक्रमका सभापति समेत रहेका ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक विजय कार्कीले बताएका छन।

गौरीगंज क्षेत्रमा ब्यस्त रहने मुख्य सडकमा सर्वसाधारण नागरिकहरुलाई ट्राफिक नियमको जानकारी गराउन संकेत बोर्डले सहयोग पुग्ने गौरीगंज ट्राफिक प्रहरी ईन्चार्ज शंकर प्रसाद यादवले बताएका छन। कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष बद्रीनारायण यादव, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो लगायतले शुभकामना मन्तब्य राखेका थिए । ट्राफिक प्रहरी गौरीगंजका ईन्चार्ज यादवको पहलमा वडा कार्यालयले वजेटको व्यवस्थापन गरी ट्राफिक चिन्ह अङ्कित स्टेण्ड सहितको होर्डिङ्ग बोर्डका सामाग्रीहरूको व्यवस्थापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया