Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
लेखकः डण्डिराज घिमिरे“बिबेक”

डण्डिराज घिमिरे

“सहिदको सपना साकार पार्ने प्रतिबद्धता भाषणमामात्र सिमित नहोस् । सहिदका सपनाको ब्यापारमा अलमलिएको नेपालको कम्युनिष्ट राजनीतिले सही मार्ग प्राप्त गर्न सकोस । देशमा मजदुर, किसान र श्रमजीविको शासन बनोस् , मुठ्ठीभर मालिक र दलालहरुको होइन् । नेपालका बामपन्थिहरुको एकता मजबुद होस् ।” – शहिद पिता गंगाराम सुवेदी

महान जनयुद्ध देशभरि नै फैलने क्रम जारी थियो । कम्युनिष्ट चेतनाको उर्बर भूमी नेपालको पूर्बी जिल्लामा जनयुद्धको पारिलो घामको प्रभाव नपर्ने कुरैभएन । जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेल लगाएतका शहिदहरुको रगत रक्तबीज बनेर क्रमशः छिन्ताङ, इभाङ र सुखानीलाई चुम्दै आधार इलाका निर्माणको महान अभियानमा जनयुद्ध झापामा पनि सशक्त हुँदै थियो ।

झापाली युवाहरु तत्कालिन नेकपा माओवादीको झण्डामा गोलबन्द हुँदै जनयुद्ध मार्फत सर्बहारा नेपाली जनताको मुक्तिको सगरमाथा स्थापित गरेरै छाड्ने संघर्षमा लामबद्ध हुनथाले । शहिद रमेश सुबेदी, बिष्णु प्रधान र बेपत्ता योद्धा तारा रिजाल जनयुद्धको त्यही उर्वरिलो स्वर्णीम युगले जन्माएका नेपाली महान सपुतहरु हुन् । तत्कालिन झापा क्षेत्र नं–६ बाट राजनैतिक जीवन प्रारम्भ गरेका शहिद सुबेदी र प्रधानको स्मृतीमा इतिहासका सुनौला पानाहरु पल्टाउनु पक्कैपनि सान्दर्भिक हुन्छ ।

२०५४ सालमा हामी जनता मावि गौरादहमा कक्षा १० मा पढ्दै थियौं । हाम्रो समुहका आत्मिय मित्र सहासी मुक्ती योद्धा तारा रिजाल मार्फत हामी माओवादी पार्टीको सम्पर्कमा पुग्यौं । हामी क्रमशः दिर्घकालिन जनयुद्धका दस्ताबेज तथा घटनाक्रम समाबेस भएका मुखपत्र जनादेश र महिमा पत्रिका खोजी खोजी पढ्न थाल्यौं । अब यो देशका सर्बहारा श्रमजीबि जनताको मुक्ती दिर्घकालिन जनयुद्धबाट मात्र सम्भव छ भनेर हामी महान सर्बहारा क्रन्तिमा सहभागि भायौं । २०५५ सालमा हामी अनेरास्ववियु क्रन्तिकारीको क्षेत्रीय कमिटिमा संगठीत भयौं भने कमरेड तारा रिजाल अगडि देखिनै जनमिलेसियामा समेत संगठित भैसक्नुभएको थियो । त्यसबेला झापा निर्बाचन क्षेत्र नं. ६ अन्तर्गत दमक समेत पर्दथ्यो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तारा(लखन), शमेश, विष्णु लालसलाम !!!

गौरादह बहुमुखी क्याम्पसमा भएको भेलाबाट अनेरास्ववियु क्रन्तिकारीको पहिलो क्षेत्रीय समिति गठन भयो । सो संस्थापक क्षेत्रीय समितिमा बिभिन्न क्याम्पस तथा भुगोल समेटेर अध्यक्ष दमकबाट लक्ष्मण गौतम, उपाध्यक्षमा गौरादहबाट तारा रिजाल, सचिबमा महारनीझोडाबाट डण्डिराज घिमिरे, सहसचिवमा कोहबराबाट बेदु गौतम तथा कोषाध्यक्षमा जुरोपानीबाट लक्ष्मी ताजपुरिया लगाएतका हामी विद्यार्थी संगठित भयौं । कमरेड रमेश सुबेदी र रञ्जित तामाङ पनि विद्यालयको इकाई कमिटिबाट सोही समयदेखि नै संगठित हुनुहुन्थ्यो ।

समाजका बिकृति र बिसंगतीको बिरुद्धमा जनयुद्ध अचुक औषधी बनेर झापाका पनि गाउँबस्ती र सर्बसाधारण जनताको मन मुटुमा स्थापित हँदैथियो । थुप्रै रचनात्मक संघर्षबाट विद्यार्थी र समाजको बीचमा गौरादह बहुमुखि क्याम्पसमा तथा झापामा बिद्यार्थी संगठन बलियो बन्दैथियो । २०५६ सालबाट गौरादह बहुमुखि क्याम्पसको अध्ययन प्रारम्भ गर्नुभएका कमरेड रमेश सुबेदी झापाली बिद्यार्थी आन्दोलनको मेरुदण्ड बनेर होनाहार योद्धाको रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।

कमरेड तारा रिजाल पुर्णकालीन कार्यकर्ताको रुपमा बिकास भैसक्नु भएको थियो भने हामी थुप्रै विद्यार्थी कार्यकर्ता पूर्णकालिन बन्ने तयारिमा थियौं । हामी सबैलाई उछिनेर मिजासिलोपन, सालिन, हसिंलो तथा तिक्ष्ण क्षामताका धनी कमरेड रमेश सुवेदी पूर्णकालीन कार्यकर्ता बन्नुभयो । अन्याय, अत्यचार, दमन, उत्पिडन र शोषणले प्रताडित जनसमुदायको आसा र भरोषाको सारथी बनेर जनयुद्ध निरन्तर अघि बढ्दै गयो । रमेश सुवेदी, संजोग भण्डारी, विष्णु, प्रधान र रञ्जित तामाङ झापामा पूर्णकालिन कार्यकर्ताबनेर महान जनयुद्धमा बिद्यार्थी राजनीतिबाट आफ्नो परिचय स्थापित गर्नुभयो । कमरेड रमेश सुबेदी र बिष्णु प्रधान जनयुद्धमा सहिद हुनुभयो । तारा रिजाल हाल सम्म पनि बेपत्ता पारिनुभएको छ तत्कालिन फाषिस्ट शहिसेनाबाट । जनयुद्धका शहिदको रगतको जगमा अहिले नेपालका तमाम उपलब्धिहरु उभिएका छन् । सलाम छ शहिद रमेश र बिष्णलाई ।

शब्द श्रद्धाञ्जिली शहिद रमेश सुबेदी प्रतिः

आजभन्दा ठीक १४ वर्ष अघि २०६१ मंसिर ६ गते आजकै दिन तत्कालिन शासन व्यवस्थाको फ्mाशिष्ट शाहीसेनाद्वारा कमरेड रमेश सुबेदीको हत्या गरिएको थियो । विद्यार्थी राजनीतिमा सम्लग्न शहिद रमेश सुवेदीको हत्या हुँदा उहाँ अनेरास्ववियू क्रान्तिकारीको झापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । नयाँ नेपाल निर्माणको स्वर्णीम सपना सजाएर गणतन्त्रको पक्षमा वर्ग संघर्ष लडिरहँदा उहाँको हत्या गर्ने गणतन्त्र विरोधीहरुलाई आज समयले उहाँहरु जस्ता रक्तविजहरुको रगतको तागतले देशमा गणतन्त्र मान्न बाध्य बनाएको छ ।

तत्कालिन फाशिष्ट शहिसत्तासँग आत्मसमर्पण नगरी संसार बदल्ने सगरमाथा जत्रो लक्ष्य राख्नु भएका स्व.सुवेदीको भौतिक शरीर हामी विच नभए पनि परिवर्तनका खातिर हाँसीहाँसी बलिदानी भएर देशभक्ति, विरता र त्यागको गौरवमय स्वर्णीम इतिहासमा उहाँ अम्मर हुनुहुन्छ ।

वि.सं. २०३७ साल जेठ १४ गते वुवा गँगाराम र आमा देवीमाया सुवेदीको कोखलाई सफल पार्दै जेष्ठ पुत्र रत्नको रुपमा यस धर्तीमा पदार्पण हुनुभएका सहिद सुवेदीको माध्यमिक तह सम्मको अध्ययन श्री नरेन्द्र जनता उच्च मा.वि. तोपगाछीबाट पुरा भएको थियो । तोपगाछी–९ सरङपाडाका स्थायी बासिन्दा भएकाले घर छेउकै विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पूरागरेपछि उहाँ कलेज पढ्न मेची क्याम्पस भद्रपुर पुग्नुभयो । आइ.ए. प्रथम वर्षमा अध्ययन गर्दैगर्दा विदामा घर आएको समयमा सर्वप्रथम २०५६ सालमा उहाँको गिरफ्तारी भयो ।

२०५६ सालमा तत्कालिन नेकपा माओवादीले गौरादह बजारको नेपाल वैक लिमिटेड रेड गर्ने असफल प्रयास गरेको थियो । वैकको गार्डबाट हतियार लुटेपछि भाग्ने क्रममा माओवादीका जनमिलेसियाहरु शहिद सुवेदीको घर अगाडिको बाटो हुँदै जाँदा उहाँको घर छेउको लाफादी खोला झ्यासमा वैकबाट लुटेको हतियार फेला परेपछि नजिक घर भएको कारण उहाँलाई प्रहरीले गिरफ्तार गरेको थियो । विना प्रमाण एक निर्दोष युवालाई गिरफ्तारी गरी १५ दिनसम्म चरम यातना दिएर चन्द्रगढी हिरासतमा राखियो । अन्तत निर्दोष उहाँलाई रिहा गर्न बाध्य भयो प्रशासन । यसरी सुरु भएको थियो

शहिद रमेश सुवेदीको राजनीतिक जीवन 

चरम यातनाको पिडा भित्र विद्रोहको र बदलाको सगरमाथा बोकेर मेची क्याम्पसको अध्ययन छोडेर पुन ः आइ.ए. प्रथम वर्षमा गौरादह बहुमुखी क्याम्पसमा भर्ना भई पढाइलाई अघि बढाउँदै विद्यार्थी राजनीतिमा सम्लग्न हुनु भयो उहाँ । स्व.सुवेदी साहित्यमा रुची राख्ने र लेख्ने प्रकाशन गर्न रचाउनु हुन्थ्यो । विहानी साहित्य समाज गौरादहको संस्थापक कार्यसमिति सदस्य तथा विहानी कविता संग्रहको सम्पादकको समेत भूमिका निर्वाह गर्नुभएको थियो । गीत, संगीत, साहित्य मार्फत पनि समाज रुपान्तरणमा न्याय समानता र वर्गमुक्तिमा आफूलाई समाहित गर्नुपर्छ र नीजि जीवनभन्दा समाज र राष्ट्रका लागि बाँच्नु पर्छ भन्ने उहाँको उच्च विचार क्याम्पसका विभिन्न कार्यक्रममा अभिव्यक्त हुने गर्थे स्मरण गर्नुहुन्छ क्याम्पसका प्राध्यापक शेरबहादुर कार्की ।

गौरादह क्याम्पसमा अध्ययन गर्दा सरल, हसिलो, मिजासिलो, मिलनसार, निडर उहाँको स्वभावका कारण सबै विद्यार्थीको माझमा र गुरुहरुको माझमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । २०५७ साल चैत्र ५ गते भएको गौरादह बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट स्ववियू उपसभापतिमा भारी मतले विजयी हुनुभएको थियो । शहिद सुवेदीको कुशल नेतृत्वको परिणाम स्वरुप उक्त निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारी प्यानलनै विजयी समेत भयो । त्यसपछि उहाँको काँधमा थप जिम्मेवारीहरु बढ्दै गए भने लोकप्रीयतापनि बढ्दै गयो । २०५८ साल मंसिर ११ गतेबाट तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरेपछि र अनेरास्ववियू क्रान्तिकारीलाई प्रतिवन्ध लगाएपछि उहाँको भूमिगत जीवन सुरु हुन्छ ।

२०५९ सालको अनेरास्ववियू क्रान्तिीकारीको झापा जिल्ला अधिवेशनले शहिद सुवेदीलाई जिल्ला अध्यक्षको गहन जिम्मेवारी सुम्पियो । रमेश सुवेदी यहासम्म आइपुग्दा ज्यादै लोकप्रिय विद्यार्थी नेताको रुपमा देश भरि नै स्थापित नाम बन्न पुग्यो । दिर्घकालिन जनयुद्धको मर्म भावना र उद्देश्यलाई सफल पार्ने महान दिशामा आफू स्वयं वर्तन बनेर उज्यालो छर्ने उहाँको निरन्तर अविराम उच्च चेतनाको यात्रालाई भौतिक रुपमा तत्कालिन फासिष्ट राज्यसत्ताले सिध्याएपनि उहाँहरुजस्ता नेपाली सपुतको बलीदानीले त्यो यात्रा निरन्तर जारि छ ।

लाखौ युवा नेपाली राजनीतिमा आसाको किरण बनेर देखिएका छन् । देशले मागेको बखत शहिद रमेश सुवेदी जस्तै राष्ट्रको लागि बलिदानी हुन तमाम युवा जगत तयार हुनु अवको आवश्यकता हो र त्यो प्रेरणा रबी स्मृती दिवसको दिनबाट प्राप्त होस् । हार्दिक श्रद्धाञ्जली शहिद रमेश सुवेदी । यहाँहरुको रगतले खनिएको परिवर्तनको गोरेटो अझ फराकिलो बनोस वास्तविक नयाँ नेपाल निर्माण होस् ।

श्रद्धाञ्जली शहिद बिष्णु प्रधान प्रति

बिष्णु प्रधानको जन्म ०४१ साल वैसाख १३ गते दमक नगरपालिका ११ मा आमा दिलमाया र बुबा दीर्घबहादुरको जेठो छोराका रुपमा भएको थियो ।
विद्यालय तहसम्मको शिक्षा स्थानीय सरस्वती मावि दमक १४ र आईए सम्मको अध्ययन दमक बहुमुखी क्याम्पस बाट पुरा गरेका थिए । वाल्यकाल देखि नै तिक्ष्ण दीमागका विद्रोही स्वभाव भएका प्रधान परिर्वनतको पक्षमा उभिए । यसै क्रममा उनले तत्काल विद्रोहमा रहेको नेकपा माओवादीको यात्रामा सहभागि वने ।

यसै क्रममा ०५६ साल देखि पार्टीको सम्पर्कमा रहेर काम गर्दैरहेका जुझ्mारु युवा विधार्थी बिष्णु माओबादी निकट अखिल क्रान्तिकारीमा आबद्ध थिए । २०६० साल भदौमा इलामको दानाबारीमा सम्पन्न अनेरास्व वियु क्रान्तिकारीको ९ औं झापा जिल्ला सम्मेलनवाट उपाध्यक्षमा निर्वा्चित भएका थिए ।
तत्कालिन नेकपा माओवादी झापा जिल्ला समितिको सदस्य समेत रहेका थिए । २०६१ साल मंसिर ६ गते गौरादहमा तत्कालिन शाहिसेनाले गोली हानी हत्या गरेको थियो ।            १४आंै स्मृति दिवशको सन्दर्भमा

तपाईको प्रतिक्रिया