Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

दमक, ७ चैत २०७९। दमक –३ स्थित अक्सफोर्ड बोर्डिङ स्कुलका एक छात्रमाथि कुटपिट गर्ने शिक्षिका निष्कासित भएकी छन् । दमक-३ निवासी शिक्षिका एलिना न्यौपानेलाई विद्यालयबाट निष्कासन गरिएको हो । अक्सफोड माविको कक्षा १ मा अध्ययनरत छात्र इभान बराललाई शिक्षिका न्यौपानेले गत चैत ३ गते निर्घात कुटपिट गरेकी थिइन् । त्यस विद्यार्थी कुटपिटको घटनालाई सोमवार मिलापत्र गरिएको हो ।

अबदेखि कुनै पनि विद्यार्थीमाथि यस्ता अमानवीय क्रियाकलाप नहुने ,शैक्षिक रूपले मात्र हैन मानवीय रूपले पनि दक्ष भएका शिक्षक तथा शिक्षिका राखिने ,भावी दिनमा पनि यस्ता कार्य दोहोरिएमा स्कुल ताला लगाइने ,सामूहिक रुपमा शिक्षिकाले माफी माग्ने र शिक्षिकालाई स्कुलबाट बर्खास्त गर्ने सम्झौताका साथ त्रिपक्षीय मिलापत्र भएको हो । पीडित विद्यार्थी इभान बरालका परिवार, महिला शिक्षिका न्यौपाने र विद्यालय प्रशासनबीच सोमबार छलफल भएको थियो ।

 

तपाईको प्रतिक्रिया