Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026
५, मंसिर । शताब्दी, समय र प्रविधिले फड्को मारेसँगै बालबालिकाहरूको स्वभावमा पनि परिवर्तन भैरहन्छ । संसारका सबै बालबालिकामा बालसुलभ क्रियाकलाप एकै प्रकारको हुने विभिन्न रिपोर्टले देखाएका छन् । यद्यपि भूगोल, अवस्था एवं परिवेश हेरेर अहिलेका बालबालिकाको स्वभावमा फरकपन देखिने गरेको छ । बिस्तारै बदलिँदै गएको पारिवारिक आकारका कारण पनि हिजोआजका बालबालिकाहरूको स्वभावमा परिवर्तन आएको छ । हिजोआज संयुक्त परिवार कमै मात्र देख्न पाइन्छ । अंशबन्डा गरेर नछुट्टिए पनि कामको सिलसिलामा एउटै परिवारका सदस्यहरू विभिन्न स्थानमा छरिएर बस्न बाध्य छन् ।
युट्युबमा भूतको कथा

एक सञ्चारकर्मीका ५ वर्षीय छोरा मोबाइलमा रमाउँथे । अधिकांश समय अफिसमा दिनुपर्ने ती सञ्चारकर्मी घर पुग्नासाथ आफ्नो मोबाइल छोरालाई दिन्थे । उनका छोरा खुब युट्युब हेर्थे तर आफ्नो छोराले युट्युबमा के हेरिरहेका छन् उनले कहिल्यै ख्याल गरेनन् । कामले लखतरान भएर घर पुग्ने ती संचारकर्मीलाई छोरा मोबाइलमा भुलेर शान्तसँग बसेको देख्दा नै आनन्द लाग्थ्यो । छोराले एकदिन एकाएक ‘बाबा म अब युट्युब हेर्दिन भन्यो ।’ त्यसको केही समय छोराले मोबाइलमा कुनै चासो देखाएन । उनले छोरा अलि डराएजस्तो महसुस गरे ।

किन छोराले एकाएक युट्युब हेर्न छाड्यो उनलाई ख्यालै भएन । एक साँझ छोराले झ्यालको पर्दा खोल्दै ‘बाबा भूत’ भनेपछि बल्ल उनले थाहा पाए छोरा युट्युबमा भूतको चलचित्र हेरेर डराएछ । त्यसपछि उनले छोरा निकै डराइरहेको महसुस गरे । उनी छोरालाई कसरी ‘भूतको डर’ बाट बाहिर निकाल्ने भन्ने चिन्तामा थिए । एकदिन छोराले फेरि भन्यो–‘बाबा भूतभन्दा त भगवान् ठूला हुन् । भगवान्ले त भूतलाई पनि जित्न सक्छन् ।’ त्यसपछि उनले ५ वर्षीय छोराका लागि हरेक बिहान भजन बजाउन थाले र बिस्तारै उनी पहिलेकै अवस्थामा फर्किए । यो घटनालाई हेर्दा अहिलेका बालबालिकाहरू निकै फरवार्ड भैसकेको स्पष्ट हुन्छ र यो एउटा प्रतिनिधि घटना मात्र हो ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध छविलाल श्रेष्ठ प्रविधिको नजिक हुनुको असर सकारात्मक र नकारात्मक दुवै भएको बताउँछन् । प्रविधिले बालबालिकालाई संसारको नजिक पुर्‍याए पनि प्राकृतिक सिर्जनशीलतामा र्‍हास पुर्‍याउने श्रेष्ठको धारणा छ । बालबालिकालाई मोबाइल, कम्प्युटर तथा इन्टरनेटका भरमा छाड्न नहुने सुझाव पनि श्रेष्ठले दिए ।

यता लामो समयदेखि ‘किन्डर जोय मन्टेश्वरी’ सञ्चालन गर्दै आएकी रिता आचार्य मन्टेश्वरीले बालबालिकाहरूलाई पारिवारिक बनाउन सहयोग गरेको जिकिर गर्छिन् । मन्टेश्वरीमा भर्ना हुन आउँदा एक्लै रमाउने बालबालिकाहरूमा बिस्तारै परिवर्तन आउन थालेको उनको भनाइ छ । सुरुमा मन्टेश्वरी आउँदा खाना नबाँड्ने, एक्लै बस्ने तथा नबोल्ने बालबालिकाको बानीमा बिस्तारै परिवर्तन आउने आचार्यको अनुभव छ ।

प्रविधिको असर

सामाजिक सञ्जाल एवं प्रविधिले बालबालिकाहरूलाई एक्लो मात्र बनाएको छैन प्रविधिले विभिन्न पक्षबाट बालबालिकालाई नकारात्मक प्रभाव पारिरहेको छ । प्रविधिका कारण बालबालिका विभिन्न खालका रसायनबाट प्रभावित भैरहेका छन् । ती रसायनले उनीहरूको मानसिक विकासमा समेत गहिरो असर गरिरहेको छ ।

बालबालिकामा मानसिक विकाससँग जोडिएका विकार अटिज्म, अटेसन डेफिसिट हाइपरएक्टिविटी डिस्अर्डर ९एडीएचडी० तथा डाइलेसिया व्यापक हुन थालेको एक अनुसन्धानले देखाएको छ । रोगप्रति बढेको चेतना र अत्याधुनिक जाँच पद्धतिले गर्दा रोगको निदान बढेको देखिए पनि बालबालिका जुन किसिमको वातावरणमा हुर्किरहेका छन्, त्यसले मानसिक विकासमा नकारात्मक प्रभाव पारिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

जततउस्ररदष्त।थिरद्दन्चशपक्ल्बालबालिकामा मानसिक विकाससँग जोडिएका विकार अटिज्म, अटेसन डेफिसिट हाइपरएक्टिविटी डिस्अर्डर ९एडीएचडी० तथा डाइलेसिया व्यापक हुन थालेको एक अनुसन्धानले देखाएको छ । रोगप्रति बढेको चेतना र अत्याधुनिक जाँच पद्धतिले गर्दा रोगको निदान बढेको देखिए पनि बालबालिका जुन किसिमको वातावरणमा हुर्किरहेका छन्, त्यसले मानसिक विकासमा नकारात्मक प्रभाव पारिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।अमेरिकाको हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ तथा आइक्यान स्कुल अफ मेडिसिनको अनुसन्धान टोलीले बालबालिकाहरूको मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने ५ औद्योगिक तत्व ९रसायन० को पहिचान गरेको थियो । पत्ता लागेका ती सबै रसायनले मानिसको स्नायुतन्त्रमा विषको काम गर्छन् । जसले गर्दा भ्रूण र शिशुको न्युरोनको विकासमा प्रतिकूल प्रभाव पर्ने तथा स्कुले विद्यार्थीको पढाइ राम्रो नहुने, लापरबाही गर्ने, असन्तुलित मानसिक विकास हुने तथा आइक्यु कमजोर हुने समस्या सिर्जना हुनेजस्ता उक्त रिपोर्टमा उल्लेख छ ।

सोही अनुसन्धान टोलीले मानसिक विकासमा असर पार्ने थप ६ रसायनको पहिचान गरेको छ । उक्त रसायनको प्रभावबाट बालबालिकामा सामाजिकीकरणको समस्या मात्र सिर्जना हुँदैन आक्रामक स्वभावको विकाससमेत हुन्छ ।

प्रविधिको असर अभिभावकलाई सुझाव
१ प्रविधिका सकारात्मक एवं नकारात्मक दुवै पक्ष छन् । प्रविधिले संसारसँग नजिक बनाए पनि प्राकृतिक सिर्जनशीलतामा र्‍हास पुर्‍याइरहेको छ ।
२ पारिवारिक दूरी बढिरहेको छ ।

बालबालिकाहरूलाई मोबाइल, कम्प्युटर तथा इन्टरनेटको भरमा नछोडौं । परिवारमा घुलमिल हुन दिऊँ । उनीहरूलाई प्रकृतिसँग नजिक राखौं ।
चिकित्सकको सुझाव

बालबालिकाको स्वभाव उनीहरूको उमेरअनुसार परिवर्तन हुन्छ । उमेर वृद्धिसँगै हुने हार्मोनल परिवर्तनले स्वभावमा असर पार्ने चिकित्सक मनोविद् रामपुकार शाह बताउँछन् । शाहका अनुसार बालबालिकाको स्वभाव उनीहरूको लालनपालन तथा हुर्काइमा निर्भर रहन्छ । बालबालिकालाई हुर्काउन सामाजिक वातावरण, आर्थिक अवस्था तथा अभिभावकहरूबीचको सम्बन्ध आदिले प्रभाव पारेको हुन्छ ।

बालबालिकाहरूसँग उनीहरूको स्वभाव तथा रुचि बुझेर व्यवहार गर्नुपर्छ । बालबालिकालाई डर–धम्की देखाउनुभन्दा पनि कुनै पनि कुरा प्रेमपूर्वक सिकाउनुपर्छ ।

अहिले धेरैजसो न्युक्लियर फेमिलीमा बस्छन् भने अभिभावकहरू कामकाजी हुन्छन् । यसले गर्दा बालबालिकालाई पर्याप्त समय दिन पाइँदैन । त्यसैले बिदामा बालबालिकासँग बढी समय बिताउनुपर्छ । बालबालिकाले गलत काम गरे पनि नराम्रा शब्द प्रयोग गरी गाली गर्नुहुँदैन किनभने उनीहरूले यस्ता कुरा चाँडै टिप्छन् ।

बालबालिकाहरू जिज्ञासु स्वभावका हुने भएकाले एउटै काम गरेर बस्दैनन् । एउटा खेल खेलेपछि अर्को काममा लागिहाल्छन् । उनीहरू दाजुभाइ, दिदीबहिनीसँग झगडा पनि गर्छन् । बालबालिका रुने, कराउने, झगडा गर्ने भए पनि ती सबै क्षणिक हुन् । उनीहरूमा ईष्र्या वा द्वेषको भावना हुँदैन ।

बालबालिकासँग बढी समय बिताउनुपर्छ । उनीहरूको उमेर वृद्धिसँगै व्यावहारिक कुराहरू सिकाउँदै जानुपर्छ । बिदाको समयमा बाहिर घुमाउन लान सकिन्छ । यसो गर उसो गरभन्दा पनि उनीहरूको स्वभावअनुसार केमा रुचि छ त्यसलाई प्राथमिकता दिनुपर्छ ।

बालबालिकाले पढाइमा राम्रो गरे स्याबासी दिनुपर्छ भने नराम्रो काम गर्दा तत्काल प्रतिक्रिया दिनुहुँदैन । उनीहरूलाई बुझ्ने भाषामा राम्रोसँग सम्झाउनुपर्छ । नकारात्मक कुरामा जोड दिँदा सकारात्मक कुरा ओझेलमा पर्न सक्छ ।

बालबालिकाले नजानेका कुरा सिकाउनुका साथै गृहकार्य गर्न, चित्र बनाउन एवं प्रोजेक्ट कार्यमा सघाउन सकिन्छ । कहिलेकाहीँ बालबालिकालाई उपहार पनि दिनुपर्छ । बालबालिकालाई बाहिरको खानाभन्दा घरकै खानेकुरा खान प्रोत्साहित गर्नुपर्छ । ग्याजेट खेल्न दिनुभन्दा कुनै लाइभ खेल खेल्न प्रेरित गर्नुपर्छ ।

इ-कान्तिपुरबाट
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments