Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ५ चैत २०७९ । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परिषद्ले प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षा लिएको थियो । जसमा न्युन संख्यामा नर्सहरू पास भएका छन् ।

पीसीएल नर्सिङ तर्फको नामदर्ता लाइसेन्स परीक्षामा ८३४ जना नर्स सहभगी थिए । जसमध्ये २६.१ प्रतिशत मात्रै पास भएका छन् ।

परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार बीएस्सी नर्सिङतर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन् ।

‘नयाँ ब्याज नआएको र पहिलादेखि फेल भएका धेरै विद्यार्थी यसपटक पनि सहभागी भएकाले नतिजा कमजोर देखिएको हो,’ श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन् । चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने परिषद्ले जनाएको छ ।

यो पीसीएल तर्फ ३२औँ लाइसेन्स परीक्षा हो ।

तपाईको प्रतिक्रिया