Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ४ चैत २०७९ । सशस्त्र प्रहरी बल नेपालले इलाम र झापासहित तराईका मुख्य सीमा नाकाहरूमा स्थापित बोर्डर आउट पोस्ट (बिओपी) हरूमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) खटाएको छ ।

सशस्त्र प्रहरी बलले चैत ३ गतेदेखि लागू हुने गरी पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मको मुख्य नाकाहरू स्थापित ५० वटा बिओपीमा डीएसपी खटाएको हो । बलले डीएसपी खटाएसँगै बोर्डर आउट पोस्टको नामकरण परिवर्तन गरी सीमा सुरक्षा गुल्म समेत बनाएको छ ।

यसअघि सो बिओपीहरुमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) खटाएका थिए । डीएसपी खटाएसँगै उनीहरूको क्षेत्राधिकारसमेत बढाएको जनाइएको छ ।

इलामको पशुपतिनगर सीमा सुरक्षा गुल्ममा डीएसपी अशोक न्यौपानेलाई खटाइएको छ । त्यस्तै झापाको १८ वटा बिओपीमध्ये चार स्थानमा डीएसपी खटाइएको छ । सीमा सुरक्षा गुल्म काँकडभिट्टा, भद्रपुर, घेरावारि र गौरीगञ्जमा डीएसपीको दरबन्दी कायम गरिएको छ । काँकडभिट्टामा निर्मलकुमार थापा, भद्रपुरमा राजकुमार कँडेल, घेरावारिमा सुमन शर्मा र गौरीगञ्जमा अस्मिनकुमार थापालाई खटाइएको छ । जिल्लाको काँकडभिट्टा र भद्रपुर मुख्य सीमा नाका हो ।टाइम्सअफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया