Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बिर्तामोड, ३ चैत २०७९ । नेपाली लेखक संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषको सभा हलमा साहित्यकारहरूको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा धनकुमारी खरेल ९लता०, सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ । साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भेलाले सदस्यहरूमा दयानन्द गोस्वामी, वेणुप्रसाद अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपेन राई रहेका छन् ।

त्यसैगरी भेलाले नेपाली लेखक संघको कोसी प्रदेश अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ । भेलाले जिल्ला अध्यक्षसहित पाँच जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा अध्यक्ष भट्टराई, रश्मिशेखर सुवेदी, लीला अनमोल, मिलनकुमार ढुङ्गाना र लेखनाथ पौड्याल (केशव) लाई चयन गरेको हो ।
लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने साहित्य तथा लेखकहरूको संस्था नेपाली लेखक संघ झापा गोपालकुमार बस्नेत नेतृत्वमा रहेको थियो।

तपाईको प्रतिक्रिया