Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ३ चैत २०७९ । मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि जारी मतदानमा अहिलेसम्म ८०१ मत खसेको छ ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत गरी ८०१ मत खसेको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।

 

तपाईको प्रतिक्रिया