काठमाडौं, १ चैत २०७९ । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताउनुभयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो ।
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताउनुभयो ।