Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

गाईघाट, २६ फागुन २०७९। उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ८ मा रहेको रामबहादुर बुर्जा मगरको घरमा आगालागी हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको हो । आगलागीमा परेर रामबहादुरकी ६ वर्षीया छोरी जस्मिन मगर र उनकै भाइ २ वर्षीय रोजन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो।

बिद्युत सर्ट भएर रामबहादुर बुर्जा मगरको जस्ताले छाएको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो। शुक्रबार साँझ करिब ५ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हो। आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया