Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, २६ फागुन २०७९ । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया