Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भद्रपुर, २५ फागुन २०७९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर-पोखरा सिधा उडान सुरु गरेको छ । बुद्ध एयरको युफोर-९६२ विमान ६ यात्रु लिएर बिहीबार राती ८ बजेर १५ मिनेटमा भद्रपुरबाट पोखराको लागि उडान भरेको बुद्ध एयरका भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिए ।

पोखराका लागि उडान भर्ने पहिलो यात्रुको रुपमा तीन महिला र तीन पुरुष गरी ६ जनालाई खादा लगाएर स्वागत सम्मान गरिएको स्टेसन म्यानेजर प्रधानाङ्गले बताए । भोलि बिहान ६ बजेर १५ मिनेटमा बुद्ध एयरको युफोर(९६२ विमान पोखराबाट भद्रपुरका लागि उडान भर्ने उनले बताए ।

हवाई उडान दुरी एक घण्टा ५ मिनेटको हुनेछ । त्यसपछि सोही विमान ७ बजेर ५० मिनेटमा भद्रपुरबाट काठमाडौँका लागि उड्नेछ । आज पहिलो दिन भएकोले विमान ढिलो उडेको बताउँदै उनले भने, ‘भद्रपुरबाट पोखरा लागि बेलुकी ६ः५५ को समय तोकिएको छ । हवाई टिकट दर ७ हजार ५ सय तोकिएको उनको भनाई छ । भद्रपुर-पोखरा सिधा हवाई सेवाले आन्तरिकसहित छिमेकी राष्ट्रहरू भारत, भुटान, बङ्गलादेशका यात्रुलाई सहज हुने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया