Online Bichar
बुधबार, चैत्र ०५, २०८१ | Wednesday, March 19, 2025

झापा, २१ फागुन २०७९ । झापा बिर्तामोडको नयाँ बसपार्कमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । शनिवार साँझ ७ः२५ बजे अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटेल एन्ड लजमा डेरा गरी बस्ने शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर साँवा, मेचीनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका- ४ बस्ने १९ वर्षीया तिलु राईलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया