Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १६ फागुन २०७९ । झापा प्रहरीले झापा गाउँपालिका-५ स्थित चामापाडाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १८० केजी बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।

मङ्गलवार अन्दाजी बिहान ४:१५ बजेको समयमा शरणामती प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार रामको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७२ वटा बोइलर कुखुरा बरामद गरेको हो ।

प्रहरीका अनुसार बोइलर कुखुरा अवैध रुपमा ल्याउँदै गर्दाको अवस्थामा चामापाडाबाट बरामद गरिएको हो। बोइलर कुखुरासँगै तीन वटा साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका कुखुरालाई जनप्रतिनिधि र स्थानीयको रोहबरमा खाल्डोमा हाली नष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया