Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ फागुन २०७९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले शनिबार दिउँसो राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका हुन् ।

प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा पत्र बुझाउनु भएको हो ।

शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया