काठमाडौं, ११ फागुन २०७९ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको छलफल सकिएको छ ।
बिहीबार साँझ भएको ३ दलको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छलफल भएको हो ।बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले शुक्रबार पनि निष्कर्षमा गरेर निष्कर्षमा पुगेको बताए ।
छलफल शुक्रबार पनि जारी राख्ने र एउटा निष्कर्षमा पुग्ने भएको ति नेताको भनाइ थियो । राष्ट्रपति लगायतका उम्मेदवारका सम्बन्धमा के गर्ने भनेर व्यापक रूपमा छलफल भएता पनि सहमति र कुनै निर्णय भने नभएको ति नेताको बताए ।