Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, १० फागुन २०७९ । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नगेन्द्र कार्की (नरेश) निर्वाचित भएका छन।

मंगलबार राति भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार कार्कीले प्रतिस्पर्धी कृष्णप्रसाद बाँस्कोटालाई २ सय ११ मतले पछि पार्दै निर्वाचित भएका हुन। अन्तिम मत परिणाम अनुसार कार्कीले १ हजार ६ र बाँस्कोटाले ७ सय ९५ मत पाएका थिए।

सचिब पदमा जगत अधिकारी निर्वाचित भएका छन। अधिकारीले १ हजार ६३ मत पाएका थिएभने प्रतिस्पर्धी पुण्यप्रसाद सिग्देलले ७ सय ३८ मत पाएका थिए। खुल्ला सदस्य तर्फ कुशहरी दाहालले १ हजार १ सय ४० मत, बिरेन्द्र बस्नेतले १ हजार १ सय ४० मत, सीता कुमारी बुढाथोकीले ८ सय ३६ मत, रमेश कुमार थापाले ८ सय २६ मत, लिला बहादुर कार्कीले ८ सय २६ मतका साथ बिजय भएका छन। महिला सदस्यमा मन्दिरा खड्काले १ हजार ८९ मत, कौशिला कट्टेलले १ हजार ६९ मत, गोमा कडरियाले ९ सय ७२ मत, मुना संग्रौलाले ९ सय ८७ मतका साथ बिजय भएका छन। लेखा समिति संयोजकमा किसोर कुमार पौडेल १ हजार १ सय ४८ मतका साथ बिजय भएका छन।

प्रतिस्पर्धी तिलकदास तिम्सिनाले ५ सय ४९ मत पाएका थिए। लेखा समिति सदस्यहरुमा रुद्र धमलाले ९ सय ४० मत र नारायण प्रसाद काफ्लेले ८ सय ४६ मतका साथ बिजय भएको निर्वाचन संयोजक डिल्लीराम अधिकारीले घोषणा गरेका थिए।जनता मा।बि। गौरादहको प्राङ्गणमा सम्पन्न निर्वाचनमा खानेपानी संस्थाका जम्मा उपभोक्ताहरु ३ हजार ४ सय १२ रहेका थिए। निर्वाचनमा २ हजार ५६ मत खसेको थियो।

तपाईको प्रतिक्रिया