Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

जेबि खड्का
गौरादह, ५ फागुन २०७९ । यही फागुन ९ गते हुन गहिरहेको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा स्वतन्त्र युवा समुहको तर्फका उम्मेदवार सहित प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ।

गौरादह माछापुच्छ्रे होटलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि समुहका अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद बाँस्कोटा र सचिब पदका उम्मेदवार जगत अधिकारीले स्वतन्त्र युवा समुहका तर्फबाट उमेदवार दिनुको कारणहरु बताएका थिए । अध्यक्षका उमेदवार बाँस्कोटाले खानेपानी जस्तो संस्थामा राजनीति हावी हुदा दलिय सेन्टिगेट लागेको बतााउदै २० बुदे प्रतिबद्धता जाहेर गरेका थिए। खानेपानी संस्थामा भइरहेका कमि कमजोरी औल्याउदै त्यसको सावधानका लागि हुन गहिराइको निर्वाचनमा भइरहेका उपभोक्ताहरुले स्वतन्त्र युवा समुहका उम्मेदवारहरुलाई निर्वाचित गराउनेमा बिस्वास दिलाएका थिए । उम्मेदवार बाँस्कोटाले स्वतन्त्र युवाहरुको समूह निर्वाचित भएमा गौरादह बासिले खानेपानीमा कुनै प्रकारको समस्या भोग्नु नपर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

खानेपानी संस्थाले हालसम्म उपभोक्ताहरुलाई महंगो शुल्क लिइरहेको स्मरण गराउदै युवा समुहलाई निर्वाचित गराएमा शुल्क घटाउने र सहज रुपमा पानी उपभोग गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए। गरिब तथा बिपन्न परिवारलाई नि:शुल्क खानेपानी मिटर उपलब्ध गराउने, संस्थामा के वाई सि अपडेट गरि हिसाब पारदर्शी बनाउने। हाल सम्म पानी खपत गरेवापत उपभोक्ताहरुलाई दिइएको न्युनतम ८ युनिटलाई बढाएर १० युनिट बनाउने, मठ मन्दिर,बिद्यालय, मस्जिद र रेडक्रस जस्ता संस्थाहरुमा न्युनतम शुल्कमा खानेपानी उपलब्ध गराउने लगाएतका २० बुदे प्रतिबद्धता सार्वजनिक गरेका थिए।

स्वतन्त्र युवा समुहका सचिब पदका उम्मेदवार जगत अधिकारीले खानेपानी संस्थामा उपभोक्ताहरु माथि हुने गरेको ठुला दलहरुको दबदबालाई अन्त्य गर्न स्वतन्त्र युवा समुहहरुबाट उमेदवारी रहेको धारणा राखेका थिए। सदस्य पदका उम्मेदवार देबेन्द्र कुमार खड्काले गौरादह खानेपानीमा जाइकाले लगानी गर्दा दिइएको निर्देशन पालना नभएको जनाएका थिए। कार्यक्रम लोकेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया