Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

झापा, ४ माघ २०७९ । झापाको मेचीनगर नगरपालिका–११ स्थित हडियाँ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मेचीनगर–११ सृजना टोलका ४३ वर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनी प्रक्रिया पश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया