Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २९ माघ २०७९। झापामा लागुऔषध खैरो हेरोइन सहित दुईजना पक्राउ परेका छन् । आइतबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर-६ बस्ने ३३ वर्षीय शिव श्रेष्ठ प्रधान र सोही ठाउँका ३३ वर्षीय विजय तिवारीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनिहरुलाई मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचीपुलबाट शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम खैरो हेरोइन फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उनिहरु माथि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान अघि बढाएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया