Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २७ माघ २०७९ । झापाको बिर्तामोडमा भ्यूटावर निर्माण गरिएको छ । बिर्तामोडको मुक्तिचोकबाट २ किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा ९ तले भ्यूटावरको निर्माण गरिएको हो ।

८ बिघा निजी जग्ग्गामा निर्माण गरिएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा १ करोडको लगानीमा भ्यूटावर बनाइएको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीयवासीहरूले बताएका छन् ।

उद्यानमा लिची, आँप र अम्बा लगायतका फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न समेत सक्ने भएका छन् । यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको ८ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी गरिएको छ । श्रीजय ड्रिमल्याण्ड उद्यानमा आन्तरिक पर्यटकहरू आउन थालिसकेको बताइएको छ ।ईमेजखबरबाट

तपाईको प्रतिक्रिया