Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २३ माघ २०७९ । नेपाल विद्यार्थी (नेवि) संघ का दुई समूहबीच बानेश्वरको मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका समूह वीच ढुङ्गा हानाहान भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मीनभवन क्याम्पसमा ढुङ्गा हानाहानको जानकारी आउन साथ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले ढुङ्गा हानाहान भएपछि अहिले त्यहाँ अन्य विभिन्न इकाईबाट प्रहरी टोली खटाइएको बताउनु भयो ।

शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति सृजना भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया