Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024

धनकुटा, १९ माघ २०७९ । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर समेत थिए । उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो । राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन् ।

 

 

तपाईको प्रतिक्रिया