Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १३ माघ २०७९ । झापाको विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको हो ।

बिहिबार ४ः१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएका प्रहरी टोलीले गौरीगंज गाउँपालिका-३ कृष्णे खोला स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ८ हजार मुल्य बराबरको २ बोरा चिनी (१०० के.जी) र २ बोरा युरीया मल(१०० के.जी.) नियन्त्रणमा लिईएको छ ।

यस्तै, शुक्रबार ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय गौरिगंजबाट खटिएको प्रहरी टोलिले गौरिगंज गाउँपालिका५ रतुवा खोला स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ५९ हजार ५ सय मुल्य बराबरको चप्पल ३१५ जोर , गमला ६० थान , किचनको सामान , बच्चाको कपडा र बच्चाको खेलौना प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तैगरी, अन्दाजी ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका६ भन्सार गेट स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १० हजार ८ सय मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिएको जनाएको छ । थप आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया