Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

मोरङ, ११ माघ २०७९ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधवार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद्)चिवालयका अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा संसद् सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका अन्दाजी ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद् सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८:५५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३स्३० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईँ सामान्य घाइते भएका छन् । उनीहरूको विराटमै उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया