Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ४ माघ २०७९ । झापामा अवैध रुपमा ढुङ्गा उत्खनन् गरीरहेको ट्याक्टर सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले मंगलबार (हिंजो) अन्दाजी ५ः५५ बजेको समयमा मेचीनगर नगरपालिका-२ स्थित निन्दा खोलाको सिरान (चुरे क्षेत्र) बाट अवैध रुपमा ढुङगा उत्खनन् गरिरहेको फेला पारी ज २ त ९५३ न. को ट्याक्टर र सोही ठाउँ बस्ने चालक २५ वर्षिय सुवास लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, बुधबार(आज) अन्दाजी ११ः३० बजेको समयमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-३ भगवति स्थित बाट अवैध रुपमा ढुङगा ओसार-पसार गरिरहेको फेला पारी प्र.१-०१-००१ त ९२१९ नम्बरको ट्याक्टर र सोही ठाउँ बस्ने २२ वर्षिय चालक मौसम भुजेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । आवश्यक कार्वाहीको लागी उनिहरु दुवैलाई मेचिनगर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया