Online Bichar
बुधबार, चैत्र ०५, २०८१ | Wednesday, March 19, 2025

गौरादह, २९ पुस २०७९ । झापाको गौरादहमा बसको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-१ कि ७२ वर्षिया तुलसा दाहाल रहेको प्रहरीले जनाएको छ ।

बिहिबार दिउँसो ३ बजे गौरादह नगरपालिका-१ जनता मा.वि स्थित भित्री बाटोमा दक्षिणबाट उतर तर्फ जादैं गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री दाहाललाई ठक्कर दिई घाईते भई उपचारको लागी बि.एण्ड.सि. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा सोही रात ९ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । बस र बस चालक गौरादह नगरपालिका-२ का ३७ वर्षिय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको साथै सो घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया