Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ८ का जग्गाको वर्गीकरण यस्तो छ :

वडा नं. ८

व्यावसायिक (शहरी) क्षेत्र

  • काली मन्दिर देखि शिवालय मन्दिर सम्मको सडकको दायाँ वायाँ २०० मिटर बजार क्षेत्र।
  • बैराती बजार वरिपरिको करिब २०० मिटर बजार क्षेत्र ।

आवास क्षेत्र

  • प्रगति मा.वी. हुँदै गौरीगंज जाने सडकको दायाँ वायाँ ४०० मिटर आवास क्षेत्र ।
  • ग्वालडुब्बा बाट बैराती प्रा.वि हुदै ठेकीटोला जोड्ने सडक दायाबाया २५० मिटर आवास क्षेत्र ।
  • गौरादह खरेल डाँडा बाट दुधाली हुँदै सुर्य प्रसाद दाहालको घर जोरपोल हुदै पानी ट्याङ्की सम्मजाने सडकको दायाँ वायाँ २५० मिटर आवास क्षेत्र।
  • जुरेपानी पुल पूर्वबाट बस्नेत टोल हुदै तेलकानी जोड्ने सडको दायाँ वायाँ २५० मिटर आवास क्षेत्र।
  • शिवालय मन्दिर पश्चिम सुनिल चौधरीको घर हुदै लक्ष्मि दाहालको घर जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • चन्दन चोक पूर्व जलबर्षाको घर हुदै पण्डितको घर जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • चन्दन चोक पश्चिम जोरपोल हुदै गेउरिया खोला सम्म दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • दामावारी महाराजथान पश्चिम हुदै बुढाथोकीको घर हुदै महत्तो टोल जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • न्यू भिजन एकाडेमीबाट दक्षिण हुदै तोयानाथ सुवेदीको घर सम्म जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • जुरोपानी पुल पूर्व भान्जीराम हुदै लेहरा खोला हुदै प्रभुधाम चोक जोडने सडक दाँया बाँया २०० मिटर आवास क्षेत्र ।
  • पानीट्याङ्की दक्षिण चिउरा मिल पूर्व गौरिगञ्ज सिमाना जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • चन्द्र चोक पूर्व इट्टा भट्टा हुदै नरिवल गाछी जोड्ने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • गिरीगाँउ पूर्व जोगबन्धु महाराज जोड्ने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • इट्टा भट्टा चोक पूर्व नरिवल गाछी जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • वडा कार्यालयको बाटो हुदै निलकण्ठ शिवालय मन्दिर जोड्ने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • कालि मन्दिर हुदै प्रगति चोक जोड्ने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • प्रगती चोक हुदै सूर्य प्रसाद सिटौलाको घर जोड्ने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • प्रगती चोक फर्निचर पूर्व हुदै गोपाल घिमिरेको घर हुदै लाहुरे थापा को घर जोड्ने सडक दाँयाबाँया २०० मिटर आवास क्षेत्र ।
  • बैराती महाराज थान हुदै सिन्दुरमुछी जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र ।
  • बैराती महाराज थान हुदै मरिडाँगी हुदै तोरण बस्ती जोडने सडक दाँयावाँया २०० मिटर आवास क्षेत्र।
  • मरिडाँगी पूर्व हुदै मोहन तिवारीको घर हुदै माछा पोखरी सम्म जोडने सडक दाँया वाँया २०० मिटर आवास क्षेत्र ।
  • तोरण टोल पूर्व इट्टाभट्टा हुदै पूर्व गाउ जोडने सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
  • लालचन राजवंशीको घर दक्षिण हुदै सातभैया महाराजथान जोडने सडक दाँया वाँया २०० मिटर आवास क्षेत्र।
  • अन्य सडकको (४ मीटर चौडा सडक बाहेक) दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि,  औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भूउपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया