Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

झापा, १ पुस २०७९ । झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार(आज) अन्दाजी १ः४० बजेको समयमा भएको दुर्घटनामा परी बेलबारी नगरपालिका-८ कि ५८ वर्षिया तुलसा देवी गुरुङको मृत्यु भएको हो ।

कमल गाउँपालिका-५ स्थित पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्गमा पश्चिम तर्फ मोड्ने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा५ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार गुरुङको घट्ना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक सोही ठाउँका वडा नं. १० का ५८ वर्षिय शुक्र बहादुर तामाङ सकुशल रहेको जनाइएको छ । मोटरसाइकल, बस र बस चालक भोजपुर अरुण गाउँपालिका५ का ३० वर्षिय बल बहादुर राई ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया