Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पाँचथर, २८ मंसिर २०७९ । घरमा आगलागी हुँदा पाँचथरमा ९१ वर्षिया वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घरमा एक्लै बसिरहेकी नेम्वाङको बुधवार बिहान ८ बजे निधन भएको बताइएको छ ।

आगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् । नेम्वाङ उक्त घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया