Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ९ मंसिर २०७९ । राप्रपाका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै जिल्लामा राप्रपाका तीनै उम्मेदवार निर्वाचित हुन सफल भएका छन् । झापा क्षेत्र नम्बर ४ ९२० बाट उम्मेदवार बनेका सिटौलाले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९७४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिटौलाले १९ हजार ४५ मत ल्याएकोमा उप्रेतीले १५ हजार ७१ मत पाएका छन् । सिटौला नेकपा एमालेका र उप्रेती सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका थिए । हाम्रो पार्टी नेपालका केशव बजगाईँले ४ हजार १४२ मत ल्याएर तेस्रो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्वामीप्रसाद लिम्बुले ४ हजार १४२ मत ल्याएर चौथो भएका छन् ।टाइम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया