Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ७ मंसिर २०७९ । झापा क्षेत्र नम्बर १ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाईँ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । एमालेसँग चुनावी तालमेल गरी प्रदेशसभा सदस्यमा उठेकी बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।

बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् । निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । लिम्बु गठबन्धनका साझा उम्मेदवार बनेका थिए । उनले हारे पनि काँग्रेसका दुवै उम्मेदवार झापा १ बाट निर्वाचित भएका छन् ।

 

तपाईको प्रतिक्रिया