Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. ५(१) मा प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार हिक्मत कुमार कार्कीले २ हजार ९ सय १७ मत प्राप्त गर्दै अघि बढ्नु भएको छ । कूल ६ हजार ६ सय ३० मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार जीवन कुमार राईले २ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ । कार्की र राई बिच ५०९ को मतान्तर रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३०८ मत बदर भएको छ ।

यस्तै, २ मा एमालेका होमबहादुर थापाले ३ हजार २ सय ७० मत प्राप्त गर्नुभएको छ भने, माओवादी केन्द्रका रेवतराज (गगन) पुरीले २ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको छ । २ मा ७ हजार ३ सय ३ मतगणना गर्दा ३४३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया