Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. १ मा विश्वप्रकाश शर्माको अग्रता कायमै रहेको छ । शर्माले १८ हजार ३ सय ७४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले ११ हजार ३ सय ३१ मत ल्याउनु भएको छ । नेपाली काँग्रेसका उम्मेदवार शर्माले अग्नि खरेललाई ७ हजार ४३ मतान्तरले पछि पार्नु भएको हो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न का ओमनाथ भण्डारीले ३ हजार ६ सय ५३ मत ल्याउनु भएको छ । कूल मतदाता संख्या १ लाख २० हजार ३ सय ७५ रहेका झापा क्षेत्र नम्बर १ मा ८७ हजार ३ सय ९६ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार ३६ हजार ६ सय ६४ मतगणना हुँदा १ हजार १ हजार ९ सय ६७ मत बदर भएको छ । झापा १ मा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८७ हजार ३ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया