झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं.१ को मतगणनामा नेपाली काँग्रेसका विश्व प्रकाश शर्मा ३ हजार ८५ मतले अगाडि रहनुभएको छ । शर्माले ६ हजार ७ सय ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका अग्नी प्रसाद खरेलले ३ हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ ।
कूल १२ हजार ७ सय ९४ मतगणना गर्दा ६ सय ६८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।