Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ५ मंसिर २०७९ । झापा क्षेत्र नं.५ को मतगणनामा नेकपा(एमाले)का के.पी शर्मा ओली २ हजार ५ सय ८८ मतले अगाडि रहनुभएको छ । ओलीले ५ हजार १ सय ६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

कूल ९ हजार ९ सय ६९ मतगणना गर्दा ६ सय ८ मत बदर भएको छ । यो अपडेट बेलुकी ११ बजेको रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया