Online Bichar
बिहिबार, जेठ ३०, २०८२ | Thursday, June 12, 2025

झापा, ५ मंसिर २०७९ । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माको अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अपडेट अनुसार कूल ७ हजार ६ सय ९७ मतगणना गर्दा शर्माले ३ हजार ८ सय ९९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका अग्नी खरेलले २ हजार ३ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालको ढल्केको छाताको २४, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ६०, हाम्रो नेपाली पार्टीको लौरो चिन्हको २८, नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शंखको ३३, मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले चिन्हले १३०, संघिय लोकतान्कि राष्ट्रिय मंचको दापसहितको खुकुरीको १०, नेपाल जनता पार्टी कमलको फुल ४, जनसमाजवादी पार्टी नेपाल पाँचकुने तारा १, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का होमराज भण्डारीले ७३५, स्वतन्त्रका २, स्वतन्त्र क्रस खुकुरी ७ र स्वतन्त्र मुद्दाका ५ प्राप्त गरेका छन् । ४०० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया