Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ५ मंसिर २०७९ । झापा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवारको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम अनुसार नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा १ हजार ७ सय ७६ मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ ।

शर्माले १ हजार ७ सय ७६ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले १ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ । यस्तै घण्टी चुनाव चिन्ह भएका ओमराज भण्डारीले ३५४ मत प्राप्त गर्नुभएको छ । हाल ३ हजार ६ सय २९ मतगणना भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया