Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

कालिकोट, २२ कार्तिक २०७९ । कर्णाली राजमार्गमा जिप दुर्घटना भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा(५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले दुर्घटनामा परी मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना भएको हो ।

घाइतेहरुको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया