Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

जेबि खड्का
गौरादह, २१ कार्तिक २०७९ । गौरादह जेसीजले ९ औं जेसीज सप्ताह कार्यक्रम संचालन गर्ने भएको छ। जेसीजले गौरादहमा पत्रकार सम्मेलन गरि बोर्डको निर्णय अनुसार जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको र आज देखि कार्यक्रम सुरु गरि २६ गते समापन गरिने गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालले जानकारी गराइन।

युवा परिचालन, क्षमता र नेतृत्व बिकास, अभिभावकत्व ग्रहणका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएको जेसीजले प्रत्येक बर्ष नागरिकहरुको सहजताका लागि कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष कटुवालले जानकारी गराईन। जेसीज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन कार्यक्रम उद्घाटन गरि जेसीजद्वारा निर्माण गरि राखिएको २ वटा होडिङबोर्ड बोर्ड मर्मत गरिने भएको छ । जेसीजले गौरादह प्रस्थान गर्ने स्थान गौरिया र गौरादह नगरपालिकाको अन्तिम गौरीगंजको सिमा क्षेत्रमा बोर्ड राखेको थियो। दोस्रो दिन गौरादह नगरपालिका वडा नं.२ मा निशुल्क दन्त शिविर, तेस्रो दिन वडा नं.५ मा लागू औषध दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम, चौथो दिन वडा नं.९ को बिद्यालयमा शैक्षिक सामग्री बितरण, पाँचौं दिन प्रभावका लागि नेतृत्व बिषयमा उदघोषण तालिम लगायतका कार्यक्रम संचालन गरि जेसीज सप्ताह समापन गरिने अध्यक्ष कटुवालले जानकारी गराईन।

पत्रकार सम्मेलनमा जेसीज महासचिव खड्गबहादुर थापाले कार्यक्रम संचालन गर्दै बिगत बर्षहरुमा गौरादह जेसीजले संचालन गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिएको बताएका छन्। कार्यक्रममा गौरादह जेसीस बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमका संयोजक दुर्लभ कार्की, उपाध्यक्ष एकता पोख्रेल, कोषाध्यक्ष भानु आचार्य लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया