Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ८ कार्तिक २०७९ । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-९ का २६ वर्षिय अजय माझी र सोही ठाउँका २८ वर्षिय अर्जुन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

सोमबार अन्दाजी ७ बजेको समयमा कमल गाउँपालिका-३ केर्खा स्थित बाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे.५ प.९८१८ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई शंका लागि चेक जाँच गर्दा उनिहरुको साथबाट १० ग्राम खैरो हिरोईन र नगद १६ हजार ८ सय ५५ फेला परेको प्रवक्ता पाठकले बताउनुभयो । उनिहरु दुवैजना लाई मोटरसाइकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया