Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २ कात्तिक २०७९ । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचन प्रचारप्रसार समितिमा एक सय ३३ सदस्य मनोनीत गरिएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचारप्रसार समितिमा सो सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको थियो ।

 

तपाईको प्रतिक्रिया