झापा, १ कार्तिक २०७९ । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन आज मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
यसैगरी, नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख छ ।
संस्कृतिविद् जोशीको गत आइतबार १०३ वर्षको उमेरमा उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो ।