Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

टीकाराम उप्रेती
झापा, ३१ असोज २०७९ । पर्यटकीय तथा व्यवसायिक प्रयोजनका लागि सबैभन्दा नेपालमा नै पहिलो अग्लो दमक भ्यू टावर कङ्क्रिटले निर्माण गरिने १८ तलाको काम सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत दमक नगरपालिका-३ स्थित दापगाछीमा अन्तराष्ट्रिय स्तरको करिव १०० मिटर भन्दाअग्लो २५ तल्लाको भ्यू टावर निर्माणको कामअन्तिम चरणमा पुगेको हो ।

पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर भ्यू टावर निर्माण गरिएकोे छ । कुल ५ बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यू टावर अन्तरािष्ट्रय स्तरको हुने जनाइएको छ । टावरको १८ तल्ला सम्म पक्की संरचना बन्ने छ । जसको काम सम्पन्न भएको छ । यस माथि थप ७ तल्लाको स्टिलको संरचना बन्ने छ ।

भ्यू टावर निर्माणको तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भुपेन्द्र यादवका अनुसार भ्यू टावर निर्माणको काम सँगै आन्तरिक एसी, बक्ती, केवुल, सिललिङ, वेयरिङको काम समेत एकै साथ भइरहेको छ । ईन्जिनियर यादवका अनुसार भ्यू टावरको डिपिआर अनुसार मुख्य भवनमा अण्डर ग्राउण्ड पार्किङ सहित बिभिन्नआधुनिक सभ्यता सुहाउदो आर्कर्षक साज सज्जाका साथको व्यवसाय सञ्चालन गरिने छ ।यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमता सहितको पार्किङ स्थल रहेको छ जस मध्ये ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाईल पार्किङ गर्न सकिने छ । टावरमा जसमा पहिलो तलादेखि चौथो तला सम्म बिभिन्न खुद्राबिक्री का भब्यपसल रहने छन् ।

त्यस्तै पाँचौ तलामाआधुनिक अन्तराष्ट्रिय स्तरको सेमिनर हल रहने छ । छैटौँ देखि आठौँ तलासम्म वैँक, वित्तीय सस्थाका कार्यालय तथा ठुला थोक ब्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको नौ तला देखि ११ औँ तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हल लगायतको प्रयोजना रहने छ । १२औँ देखि १५ औँ तलासम्महोटल, रेष्टुरेन्ट, एण्ड वार सञ्चालनगरिने छ । १६औँ र १७आँै तलालाई भ्यू टेकको रुपमा-दृश्य अवलोकन गर्ने रुपमाबिकास गरिने जनाइएको छ ।

यस वाहेक बिभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ड, भिआईपी कार्यालय लगायत हुने छन् । दमक भ्यू टावर मात्र १० कट्ठा क्षेत्रफलभरीमा बनेकोे छ भने बाँकी क्षेत्रमाअन्य संरचना निर्माण गरिदैछ । यावदका अनुसार भ्यू टावर बाहेक यहाँ बालउद्यान सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचा सहितको पार्क निर्माण गरिदैछ । यहाँ मानिसले सबै तनाव बिर्सिएर केही सयम आनन्द लिन सक्ने परिकल्पना गरिएको छ । यो कम्पाउण्ड भित्र एउटा पानीको फोहोरा सहितको पानीपोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरीपरि आगन्तुकका लागी बस्ने बिश्राम स्थल प्रतिक्षालय समेत निर्माण हुने छन् । भ्यू टावर निर्माणमा ठुलो भोल्टेजको बिद्युतआवश्यक पर्ने भएकाले ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने दमक स्थित बिद्युत प्राधिकरणले जनाएको छ । तत्कालका लागि खानेपानी बोरिङ गरेर नै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।

नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीयबासिन्दाउत्साहितभएका छन् । भूटावरको १८ औँ तलानिर्माण भइसक्दा सञ्चालनआउनु अघि नै यस क्षेत्रमाबिभिन्न स्थानमाबाट आउने पर्यटकको घुइचो लाग्नथालेको छ । स्थानीयलाई उत्साहित समेत बनाएको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडीलाई अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमाआशावादी हुनुहुन्छ । श्रीमानबिदेशमाकामाउनजानुभएको ३० औँ बर्षभयो वेपत्ताहुनुभएको छ । घरभएको स्थानमा डेढकठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सधै चिन्तालाग्थ्योृ तर अब घर अगाडी २५ तल्लाको टावर निर्माण भएपछि सानो तिनो होटल वा पसल नै गरेर पनि खान सकिने उहाँले बताउनुभयो । उहाँ जस्तै यो क्षेत्रकाबासिन्दालाई यो बिकासले गाउँको मुहार फेरिने भएपछि उत्साहितबनाएको छ । पहिलाखेतीपाति गरेर जिविकानिर्वाह गर्दै आएकाथियौँ तर अहिले घरमापसलचल्नथालेको स्थानीयको भनाई छ ।

भ्यू टावर निर्माणका लागि काठमाडौको जेटसीजीआइजीसी आशिष ओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामानिर्माणको सम्झौता भएको थियो । पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा भएको सरकारले निर्माण गरेको दमकभ्यू टावरको उचाइसँगै यो क्षेत्रको बिकास परिचयको उचाइ समेत बढाएको छ ।

तपाईको प्रतिक्रिया