Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दाङ, ३० असोज २०७९ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।

घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया