Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ३० असोज २०७९ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँको असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो । अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शनिबारबाट जटिल बनेको थियो ।

जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उहाँलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ मुटु र प्रोष्टेटको समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

संस्कृतिविद्को आमचिनारी बनाउनुभएका भएका जोशीले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्नुभएको थियो । जोशीले वि।सं। २०१३ र २०१७ सालमा गरी दुईपटक मदन पुरस्कार पाउनुभएको थियो ।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उहाँ पहिलो नेपाली नागरिक पनि हुनुहुन्छ । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया